सहकारीको ५ करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा दुई जना पुर्पक्षका लागि कारागार चलान — OSNepal

सहकारीको ५ करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा दुई जना पुर्पक्षका लागि कारागार चलान

LC (KTM) January 12, 2022 0

दाङ २८ पौष । एक सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीले दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग गरेको थियो तर धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चनाल गरिएका दुवै जना एमालेका नेता भएको बुझिएको छ ।

ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य भएको बताइएको छ भने भण्डारी तत्कालीन लालमटिया गाविस- ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल भने , २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । चार जनालाई भने यस अघि नै सहकारीको रकम हिनामिना गरेको आरोपमा दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर