सिंहदरबारमा पुर्व राजा ज्ञानेन्द्रको लागि उर्लिएको जनसागरले त्रसित बनायो पाँच दलीय गठबन्धन सरकारलाई — OSNepal

सिंहदरबारमा पुर्व राजा ज्ञानेन्द्रको लागि उर्लिएको जनसागरले त्रसित बनायो पाँच दलीय गठबन्धन सरकारलाई

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । मंगलबार पृथ्वीनारायण शाहको ३०० सय औं जन्मजयन्तीमा पहिलो पटक पुर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगेका थिए । पुर्व राजा ज्ञानेन्द्रले सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

ज्ञानेन्द्रसँगै राजतन्त्रका समर्थकहरुले सिंहदरबारको परिसर ढपक्के ढाडेका थिए । भने ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ , ‘गणतन्त्र मर्दावाद’! भन्दै नारा लगाएका थिए ।

ज्ञानेन्द्रको सिंहदरबारमा उपस्थितिले राजावादीहरु खुसी भएका थिए । ज्ञानेन्द्र भन्दा अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन् । राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन दलबलसहित सिंहदरवारर पुगेका थिए ।

गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीजयन्ती मनाउन सिंहदरबार पुगेका ज्ञानेन्द्र गाडिबाट ओर्लिदा विशाल जनसमुदायले उनलाई स्वागत गरेका थिए ।

यसबाट पनि अब राजनैतिक दलहरुले जनता अशन्तुष्ट भएको प्रस्ष्ट देख्न सक्नछन् । ठूलो संख्याका समर्थकसहित ज्ञानेन्द्र शाहको उपस्थितिलाई लिएर राजनैतिक दलहरु भने चिन्तित देखिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेल भने यो सहभागीताले गर्दा अब पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमलाई गम्भीर भएर अगाडी बढ्नुपर्ने देखिएको बताएका छन् ।

‘जनताले चाहेजसरी पर्फमेन्स विगतदेखिका सरकारबाट हुन सकेन । जसका कारणले जनतामा एकप्रकारको असन्तुष्टि छ,’ उनले भने ।

मध्यान्ह साढे १२ बजे पुगेका ज्ञानेन्द्रले शालिकमा माल्यार्पण गरेर फर्किएपनि अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन नियमित हुन भने दिउँसो ३ बजेसम्म लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर