बाघ आतंक : बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ, दिसा, पिसाब त सफा गरे भइहाल्छ नि! — OSNepal

बाघ आतंक : बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ, दिसा, पिसाब त सफा गरे भइहाल्छ नि!

LC (KTM) January 12, 2022 0

नेपालगञ्ज २८ पौष । राप्तीसोनारी गाउँपालिका– ६ हब्रहवाका स्थानीयहरु साँझ परे लगत्तै घरमा झ्याल ढोका लगाएर बस्न बाध्य छन् , कारण बाघको आतंक ।

उनीहरु साँझ परेपछि घर भित्र बस्छन् अनि भोली पल्ट बिहान मात्र बाहिर निस्कनेको गरेको स्थानीय बताउँछन् । राति दिसा पिसाव लाग्दा पनि घर भित्रै डब्बा राख्ने गरेको बताउँछन् । स्थानीय

रामप्रसाद थारु भन्छन्, घरबाहिर बाघ आउँछ भन्ने डर छ। साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं। दिसा, पिसाब लागेमा भित्रै गर्छौं। त्यसका लागि डब्बा राखेका छौं।’

गत शनिबार मात्र स्थानीय चाँदनी थारुको दाउरा काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गएको थियो । उनको दाहसंस्कार गर्न राप्तीमा नदी लगिएको थियो जहाँ बाघ आएकोले स्थानीय त्रसित बन्न पुगेका छन् ।

हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ भने त्यस गाउँमा बाघ आउँदा सिधनुवा गाउँका बासिन्दा पनि त्रसित हुने गर्छन् ।

यी दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलिपल्ट बिहानमात्रै बाहिर निस्किने गरेको पाइएको छ ।

त्यहाँकी एक स्थानीय महिला भन्छिन् , ‘बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ। दिसा, पिसाब त सफा गरे भइहाल्छ नि!’

उज्यालोमा बाघ नआउने भन्दै त्यहाँका स्थानीय बाहिर आगो बालेर आफुहरु साँझ पर्ने बितिक्कै घरभित्र बस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर