काठमाडौं २८ पौष । पछिल्लो केहि हप्ता देखि विश्वभर बढेको कोभिड १९ कोरोना भाइरसको संक्रमणले छिमेकी मुलुक भारतलाई त्रास बढाएको छ ।
भारतीय मिडियाहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको तुलनामा हिजो मत संक्रमतिको पुष्टि भएको थियो । मंगलबार एक लाख ६९ हजार जनामा संक्रमण पुष्टि हुँदा २ सय ७७ जनाले ज्यान गुमाएका थिए । यसैगरी पछिल्लो २४ घण्टामा ४४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि हुने सञ्चार माध्यमहरुले बताएका छन् । दिल्लीमा आठ महिना यताकै सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ ।
दिल्लीमा एकै दिन २३ जना संक्र
मितको ज्यान गएको छ ।