एमाले जिल्ला अधिवेशन : दैलेखेमा ७१८ मत खसेकोमा मतगणना गर्ने बेलामा ७४८ मत भेटिएपछि... — OSNepal

एमाले जिल्ला अधिवेशन : दैलेखेमा ७१८ मत खसेकोमा मतगणना गर्ने बेलामा ७४८ मत भेटिएपछि…

LC (KTM) January 12, 2022 0

सुर्खेत २८ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्र्तगत दैलेखमा भएको अधिवेशनमा ३१ मत बढी खसेपछि मतगणना स्थगित भएको छ ।

७२१ जना मतदाता रहेको दैलेख जिल्लामा निवार्चनमा ७१८ मत खसेको थियो भने निर्वाचन पछि मतगणना गर्ने बेलामा ७४८ मत भेटिएपछि मतगणा स्थगित भएको हो ।

एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले दिएको जानकारी अनुसार नेतृत्व चयनको लागि भएको मतदानमा फर्जी मत भेटिएपछि मतगणना स्थगित भएको हो । दैलेखमा सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ ।

योसँगै अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर