पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाहरुको लागि जेड आकारमा विद्यार्थीलाई राखी परिक्षा सञ्चालन गर्न आग्रह — OSNepal

पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाहरुको लागि जेड आकारमा विद्यार्थीलाई राखी परिक्षा सञ्चालन गर्न आग्रह

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पौष २७ गते देखि माघ १५ गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको थियो ।

जस अनुरुपमा देशभरका शैक्षिक संस्था मंगलबारबाट नै बन्द भएका छन् । साथै
पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी संचालन गर्न समेत आग्रह गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम २०७८ पौष २७ देखि २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने, नगराउने जारी सुचनामा उल्लेख गरिएको छ ।

यसैगरी, सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तिय संस्था आदि) मा भिडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गर्न निर्देशन दिइएको छ ।

साथै स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउन समेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर