कोरोना संक्रमणका कारण कांग्रेसको यी १६ जिल्लाको अधिवेशन फेरि सर्यो — OSNepal

कोरोना संक्रमणका कारण कांग्रेसको यी १६ जिल्लाको अधिवेशन फेरि सर्यो

LC (KTM) January 12, 2022 0

काठमाडौं २८पौष । नेपाली कांग्रेसको माघ १५ गते हुने भनिएको १६ वटा जिल्लाको अधिवेशन फेरि सरेको छ ।

आन्तरिक विवादका कराण हुन नसकेको १६ जिल्लाको अधिवेशन पछिल्लो केही दिन यता बढेको कोरोना संक्रमणले गर्दा अनिश्चित बनेको हो ।

अधिवेशन हुन बाँकी रहेको जिल्लामा सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर रहेका छन् ।

यस भन्दा अघि पौष २७ गतेको लागि तय भएको अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निवार्चनको लागि माघ १५ गते सारिएको थियो ।

यता नेकपा एमालेको प्रदेश अधिवेशन पनि सरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर