वर्षको १० किलोमिटर सडक निमार्ण हुनेमा अहिले दैनिक ६ किलोमिटर बाटो पिच भइरहेको छ : प्रधानमन्त्री ओली — OSNepal

वर्षको १० किलोमिटर सडक निमार्ण हुनेमा अहिले दैनिक ६ किलोमिटर बाटो पिच भइरहेको छ : प्रधानमन्त्री ओली

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसोको राजनिति अन्त्य भएको दावी गरेका छन् । आज संसदमा विश्वासको मत लिँदै गर्दा ओलीले अहिले सरकारले विषेश कार्य गरेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ओलीले सम्बोधनमा अब सार्वभौमसत्ता लगायतका विषयमा कसनै विवाद नभएको पनि बताएका छन् ।

विकास निमार्ण कार्यलाई यो सरकारले तिव्रता दिएको भन्दै भुकम्पले भत्काएका संरचना सबैको निमार्ण गरिएको बताएका छन् । त्यस्तै, राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको बताएका ओलीले भने, ‘आज सिंगो देशमा कसैले पनि विखण्डनको राजनीति गर्दैंन । सर्वभौमसत्ता लगयातका विषयमा अब कुनै विवाद छैन, । देशलाई अगाडि बढाउन औचित्यपूर्ण समायानुकूल ढंगले संविधान संशोधन गर्नुपर्ने बताएका ओलीले त्यसका लागि सरकार सबैसँग छलफल गर्न, मस्यौदा बनाउने सन्दर्भमा सुझावका लागि एउटा कार्यदल पनि बनाउन सकिने बताए ।

वर्षको १० किलो मिटर सडक निमार्ण हुनेमा अहिले दैनिक ६ कलिमोटर बाटो पिच गरिएको पनि ओलीले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर