सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान जनता बचाउनुहोस, जनता नै भएन भने कसलाई शासन गर्ने ? — OSNepal

सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान जनता बचाउनुहोस, जनता नै भएन भने कसलाई शासन गर्ने ?

LC (KTM) June 01, 2021 0

काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत‘जनता नै भएन भने कसलाई शासन गर्ने भन्दै सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाब दिएका छन् ।

उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’ जनता नै भएन भने कसलाई शासन गर्ने ?उनले सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले कोरोनाले आफूलाई जित्न नसकेको बताएका छन् ।‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ‘ ह्वाँ‘रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो’, उनले लेखेका छन् ।

मदनकृष्णले शरीरमा केही मात्रामा शिथिलता भए पनि विस्तारै कम हुँदै गएको जनाएका छन् । कोरोना संक्रमणका कारण पहिलो पटक ८ दिन र फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर एक हप्ताअघि मात्र उनी घर आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर