धम्कीपूर्ण शैलीमा बढी शुल्क अशुल्ने मेडिकल कजेलका सञ्चालकलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न सात विद्यार्थी संगठनको माग — OSNepal

धम्कीपूर्ण शैलीमा बढी शुल्क अशुल्ने मेडिकल कजेलका सञ्चालकलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न सात विद्यार्थी संगठनको माग

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । मापदण्ड विपरित तीन मेडिकल कलेजले बढी शुल्क लिएको प्रति आपत्ती जनाउँदै सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी ,समाजवादी विद्यार्थी युनियन , लगायत विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुङ‍गामुढा गरेको आरोपसमेत लगाइएको छ ।

शुल्क बढी लिनेमा काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्की रहेका छन् । साथै विज्ञप्तीमा नोवेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति उल्लेख गरिएको छ ।

‘कलेज सञ्चालकलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न । कलेजमाथि छानबिन गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर