एमाले जिल्ला अधिवेशन दार्चुल्ला ५८८ मत ल्याएर अध्यक्षमा प्रेमसिंह धामी विजयी — OSNepal

एमाले जिल्ला अधिवेशन दार्चुल्ला ५८८ मत ल्याएर अध्यक्षमा प्रेमसिंह धामी विजयी

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।

यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् ।

एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् ।

एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७७६ प्रतिनिधि मध्ये ७०७ जनाले मतदान गरेका थिए । अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर