सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माण गरेको प्रति एमालेले गरायो सरकारको ध्यानाकषर्ण (विज्ञप्तीसहित) — OSNepal

सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माण गरेको प्रति एमालेले गरायो सरकारको ध्यानाकषर्ण (विज्ञप्तीसहित)

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेकपा एमालेले भारतिय पक्षले नेपाली भुभागमा गरेको निमार्ण कार्यप्रति अशन्तुष्ट जनाएको छ ।

नेपाल र भारतबीच भएको सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’

पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले आज मंगलबार एक विज्ञप्ती जारी गरि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा ९एमाले० को अविचलित मान्यता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर