काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामाथप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ । संक्रमित मध्य काठमाडौँ उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो तथ्याकं हेर्दा काठमाडौं कोरोनाको हटस्पट बनेको छ ।
यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।