ललितपुर प्रशासनले जारी गर्यो आज राति १२ बजेबाट लागु हुने गरी यस्तो नियम — OSNepal

ललितपुर प्रशासनले जारी गर्यो आज राति १२ बजेबाट लागु हुने गरी यस्तो नियम

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मास्कलाई अनिवार्य गरेको छ ।

प्रशासनले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्देशन दिएको छ । प्रशासनले आज राति मंगलबार राति १२ बजेबाट लागु हुने गरी अर्को सुचना नआए सम्म यस्तो आदेश जारी गरेको हो ।

साथै प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर