'ये रिश्ता क्या कहलाता है’ मा नैतिकको भुमिका निभाएर चर्चामा आएका अभिनेता करण मेहरा पक्राउ — OSNepal

‘ये रिश्ता क्या कहलाता है’ मा नैतिकको भुमिका निभाएर चर्चामा आएका अभिनेता करण मेहरा पक्राउ

LC (KTM) June 01, 2021 0

काठमाडौं- अभिनेता करण मेहरा पक्राउ पक्राउ परेका छन् । करणकी श्रीमती तथा नायिका निशा रावलले विवादपछि गोरेगांव एरियामा करणविरुद्ध ऊजुरी दर्ता गरेपछि पक्राउ परेको समाचारमा जनाइएको छ । केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर बाहिर आएपनि यो कुरा निशाले भने ठाडै अस्विकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् ।
सन् २०१२ मा निशा र करण बिबाह बन्धनमा बाधिएका थिए । करण र निशाको जोडीलाई प्रशंसकले निकै मन पराउँछन् । ‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भूमिका निभाएर करण मेहरा चर्चामा आएका थिए ।

‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिइन् । करण मेहरा शोबाट निकै हिट भएका थिए । हाल यो शोमा मोहसिन खान र शिवांगी जोशी मुख्य भूमिका निभाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर