त्रिभुवन विमानस्थल बाट वितरण हुने भिजिटर पास बन्द ,बिदाइ र स्वागतका लागि विमानस्थल नआउन आग्रह — OSNepal

त्रिभुवन विमानस्थल बाट वितरण हुने भिजिटर पास बन्द ,बिदाइ र स्वागतका लागि विमानस्थल नआउन आग्रह

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । कोभिडि १९ कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ ।

साथै , विमानस्थलमा विदाई तथा स्वागत गर्न समेत नआउन सर्वसाधारणलाई आग्रह गरेको छ । हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना कार्यालयले आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सुचना जारी गर्दैै विमान स्थलमा जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि आउन आग्रह गरेको हो ।

अति आवश्यक बाहेक अन्य प्रयोजनको लागि पास वितरण बन्द समेत बन्द गरेको छ ।अति नै जरुरी अवस्थामा भने भी पास’ उपलब्ध हुने पनि कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर