स्मार्ट लकडाउन गर्नेबारे विषयमा छलफल गर्न उपत्यकाका तिनै सीडीओको बैठक बस्दै — OSNepal

स्मार्ट लकडाउन गर्नेबारे विषयमा छलफल गर्न उपत्यकाका तिनै सीडीओको बैठक बस्दै

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । केहि दिन यता कोरोना संक्रमण बढ्दै गएपछि तेस्रो लहर आउने संकेत देखा परेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परिसकेको छ ।

संक्रमितको संख्याले दिनमा एक हजार नाघ्न थालेपछि आज मंगलबार काठमाडौं उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न बस्न लागेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । जसको विषयमा छलफल गर्न आज दिउँसो बैठक बस्न लागेको हो ।

आजको बैठमा स्मार्ट लकडाउन गर्ने विषयमा छलफल हुने बताइएको छ। संक्रमणको दर बढ्दै गएकाले यस विषयमा थप निणर्य लिन मन्त्रालयको समन्वयनमा अगाडी बढिने पनि बताइएको छ ।

सीसीएमसीको यस भन्दा अघिको बैठकले देशभरका विद्यालय माघ १५ गते सम्म बन्द गर्न शिक्षा मन्धालयललाई सिफारिस गरेको थियो ।

जसअनुरुप आज मंगलबारबाट देशभरका विद्यालय बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर