८१ वर्षीय वृद्धले गरे आफ्नै घरमा पाहुना लाग्न आएका ६० वर्षीय वृद्धको हत्या — OSNepal

८१ वर्षीय वृद्धले गरे आफ्नै घरमा पाहुना लाग्न आएका ६० वर्षीय वृद्धको हत्या

LC (KTM) January 11, 2022 0

विराटनगर पौष । पाहुना लाग्न गएका ६० वर्षीय वृद्धको हत्या भएको छ । मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ ।

बुढाथोकी ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेलको घरमा पाहुना लाग्न गएका थिए । उनको हत्या भुजेलले नै गरेको प्रहरीले जनाएको छ । सोमबार बेलुका बुढाथोकीको शव भुजेलको आगन अगाडी भेटिएको सुचनाको आधारमा पुगेको प्रहरीले भुजेलको बञ्चरो प्रहारबाट बुढाथोकी ज्यान गएको जानकारी दिएको छ ।

केहि दिन अगाडी देखि नै बुढाथोकी भुजेलको घरमा बस्दै आएका थिए । सो रात दुवैले मदिरा सेवन गरेको भएकाले त्यसपछि विवाद हुँदा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हत्या पछि बुढाथोकीको शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या आरोपमा पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ भने शव पोष्ट मार्टको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर