ए डिभिजन लिगमा ब्रिेगेडले पुलिसलाई बराबरीमा रोक्यो — OSNepal

ए डिभिजन लिगमा ब्रिेगेडले पुलिसलाई बराबरीमा रोक्यो

LC (KTM) January 10, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई बिग्रेड ब्वाइजले बराबरीमा रोकेको छ । आज भएको खेलमा दुबे टोलीले एक एक गोलको बराबरी खेलेका हुन् । दशरथ रंगशालामा भएको खेलमा बिग्रेडले अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले ब्रिगेडको लागि गोल गरेका थिए ।

काउन्टरमा ब्रिगेडका शिशिर लेखीको प्रहार पुलिसका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बल डिफेन्डरले क्लियर गर्न नसकेको अवस्थामा रोशनले गोल गरे ।तर, त्यसको २ मिनेट बित्न नपाउँदै अर्थात खेलको चौंथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

आजको यो बराबरीसँगै पुलिसले ८ खेलमा ७ अंक जोडेको छ । पुलिस ११ औं स्थानमा रहेको छ । ब्रिगेडले ८ खेलमा ६ अंक जोडेको छ । ब्रिगेड १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर