चिनियाँ राष्ट्रपति सि जिनपिङद्धारा सिरियाली राष्ट्रपति असदलाई बधाई — OSNepal

चिनियाँ राष्ट्रपति सि जिनपिङद्धारा सिरियाली राष्ट्रपति असदलाई बधाई

LC (KTM) June 01, 2021 0

बेइजिङ- चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाउनुभएको हो ।

सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित हुनुभएको थियो । राष्ट्रपति सि जिनपिङले सो सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताउनुभएको छ ।

राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश हो भन्नुभएको छ । आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गर्नुभएको छ ।

उहाँले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको छ भन्दै आगामी दिनमा सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने बाचा गर्नुभएको छ ।सिरियामा केही वर्षदेखि राष्ट्रपति असदका विरुद्धमा आन्दोलन जारी रहेको छ । यहाँका जनताले प्रजातान्त्रका लागि गरेको संघर्षमा परेर चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर