राष्ट्रिय खेल भलिबलको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल — OSNepal

राष्ट्रिय खेल भलिबलको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

LC (KTM) January 10, 2022 0

कास्की, २६ पुस-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेल भलिबलको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘दोस्रो टाइगर कप आमन्त्रित’ क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र राजधानी सहर पोखरालाई खेलकुदको ‘हब’ का रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशलाई विभिन्न विधाको केन्द्र रुपमा विकसित गर्ने लक्ष्य छ । प्रमुख लक्ष्य पोखरालाई अन्तर्राष्ट्रिय रुपमा खेल केन्द्रका रुपमा अगाडि बढाउन चाहन्छौँ ।”

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भलिबल प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो । प्रदेश सरकारले आफ्नो क्षमताअनुसार खेलाडीलाई सुविधा उपलब्ध गराउने र रङ्गशालाको स्तरोन्नतिका लागि काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष निरोज मास्केले सरकारले खेलाडी तथा खेल पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । पोखरा रङ्गशालामा भइरहेको भलिबल प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सोझो सेटमा पराजित ग¥यो । गण्डकीले सो खेल २५–१७, २५–२२ र २५–१७ अङ्कले जित्यो । पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले हेल्प नेपाल स्पोर्टस क्लबलाई पराजित ग¥यो ।

यस्तै महिलातर्फ एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित ग¥यो । दुई सेट २६–२४ र २५–१८ अङ्कले जितेपनि एफिएफले तेस्रो सेट २३–२५ अङ्कले गुमायो । चौथो सेट एपिएफले २५–२३ अङ्कले जित्यो । महिलातर्फकै अर्को खेलमा होङ्गजी न्यू डायमण्डले त्रिभुवन आर्मीलाई २५–१७, २५–२३, १३–२५ र २५–१७ अङ्कले पराजित ग¥यो । आगामी माघ १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच पाँच टोली सहभागि छन् ।

महिलातर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा तथा पुरुषतर्फ आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । दुवै विधाका विजेतालाई रु तीन÷तीन लाख, उपविजेतालाई रु एक लाख ५० हजार, तृतीय हुने टोलीलाई रु ७५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने महिला÷पुरुष टोलीलाई रु २५÷२५ हजार प्रदान गरिने छ भने हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर