बलिउड अभिनेता अजय देवगन र पत्नि काजोलको अर्को आरिफ योग्य कामको चौतर्फि चर्चा — OSNepal

बलिउड अभिनेता अजय देवगन र पत्नि काजोलको अर्को आरिफ योग्य कामको चौतर्फि चर्चा

LC (KTM) June 01, 2021 0

भारतमा कोरोना संक्रमण भुषको आगो जस्तै फैलिरहेका बेला त्यहाका कलाकारले एक पछि अर्काे सहयोगका हातहरु बढाउन सुरु गरेका छन् ।

कोरोनाका कारण दैनिक हजारौ भारतीय नागरिकले ज्यान गुमाईरहदा सहयोगका लागि नायक अजय देवगनले ठुलो राशीको आर्थिक सहयोग गरेका छन् । उनले कोभीड आइसीयु बेड बनाउनका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । अजय देवगनको संस्था एनवाई फाउण्डेशनमार्फत बीएमसीलाई उक्त राशिको सहयोग दिएका हुन् ।

उक्त रकमले २० कोभिड बेड बनाउन मद्धत मिल्नेछ । उक्त बेड मुम्बईको शिवाजी पार्कको एरियामा बनाईने बताइएको छ । बलिउडकर्मीहरुले अहिले बिभिन्न माध्यमबाट यो संकटको बेलामा सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर