अहिलेको संक्रमण छिटो फैलिए पनि घात नभएकाले तत्काल लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छैन — OSNepal

अहिलेको संक्रमण छिटो फैलिए पनि घात नभएकाले तत्काल लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छैन

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले तत्काल लकडाउन गर्ने पक्षमा मन्त्रालय नभएको बताएका छन् ।

केहि दिन यता संक्रमितको संख्या बढेपछि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएका उनले यो दोस्रो लहरको भन्दा दोब्बर बढी भएको समेत बताएका छन् ।

सरकारले पुरै बन्द गरेर जनतालाई घरमै थुन्नेबारे नसोचेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पालना गरे संक्रमणलाई रोक्न सकिने बताएका छन् । अहिलेको संक्रमण छिटो फैलिए पनि घात नभएको बताएका अर्का संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पनि तत्काल लकडाउन गर्नु नपर्ने बताएका छन् ।

साथै यसबाट बालबालिकाहरुलाई बचाउन माघ १५ गते सम्म देशभरका सबै विद्यालय बन्द गर्ने सीसीएकमसीको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्दै विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर