सीसीएमसीको सिफारिसलाई कार्यान्वयन गर्दै माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय — OSNepal

सीसीएमसीको सिफारिसलाई कार्यान्वयन गर्दै माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने भन्दै शिक्षा मन्त्रालयले माघ १५ गते सम्म देशभरका विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।

आइतबार बसेको सिसिएमसीसीको बैठकले कोरोनाको संक्रमणबाट बालबालिकाहरुलाई बचाउन देशभरका विद्यालय माघ १५ गते सम्म बन्द गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

आज सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले सीसीएमसीसीको निणर्यलाई कार्यान्वयनमा लैजाने भएको हो ।

बैठकमा सहभागी भएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दिएको जानकारी अनुसार सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी हुने बताइएको छ ।

विद्यालय बन्द सम्बन्धमा आजै सूचना जारी गर्ने तयारीमा रहेको बताएका उनले जारी गरिने सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर