पार्टी एकताको लागि मध्यरातमा ओली र नेपाल समुहबिच वार्ता — OSNepal

पार्टी एकताको लागि मध्यरातमा ओली र नेपाल समुहबिच वार्ता

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । नेकपा एमालेको पार्टी एकताको लागि मध्यरातमा दोस्रो तहका नेताहरु राजधानीको दरबारमार्गस्थित याक एण्ड यती होटल पुगेका छन् । गए राति पार्टी एकताको लागि पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल समुहबाट बनाइएको कार्यदलका सदस्यहरुबिच छलफल भएको हो ।

पार्टीलाई जेठ २ गतेको अवस्थामा लैजाने माग प्रति ओली सकारात्मक भएका थिए । भने हिजो बैठक पनि सकारात्मक भएको छलफलमा सहभागी भएका एक नेता भने । छलफलमा ओली समुहका विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल सुमहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी रहेको थियो ।

आजै बस्न लागेको स्थायी कमिटिको बैठकको पुर्व अन्ध्यामा बसेको यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । भने आजको स्थायी कमिटिको बैठकमा नेपाल सुमहका १२ जना नेतालाई थप कारवाही गर्ने पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर