राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न — OSNepal

राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न

LC (KTM) June 01, 2021 0

काठमाडौं १८ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको काम प्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । राष्ट्रपतिले गरेको काम चौतर्फी आलोचना हुँदा नेता भट्टराईले भने जनचासोका विषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्न नपर्ने बताएका हुन् ।

उनले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन् , राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको भएपनि सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । राष्ट्रपतिले खोपको विषयमा विभिन्न देशका राष्ट्रप्रमुखलाई कोरोना खोप दिन आग्रह गरेकी थिइन् ।

उनले ट्वीटरमा लेखेका छन् , राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर