मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका — OSNepal

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका

LC (KTM) January 10, 2022 0

न्युयोर्क, २६ पुस-अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाकस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् । मध्यएसियाली देश कजाकस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।

‘कजाकस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’ उनले भने ।

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाकस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्न माग गरेका छन् ।

प्रहरीको गोली लागेर मूल्य बृद्धिको विरोधमा उत्रिएका १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर