प्रधानमन्त्री ओलीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज हो : शेखर कोइराला — OSNepal

प्रधानमन्त्री ओलीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज हो : शेखर कोइराला

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी प्रति कडा आलोचना गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्रीले गरेको यो नकारात्मक टिप्पणीलाई हारेको मानसिकताको संकेत दिएका छन् ।

गणतन्त्रको आन्दोलनमा ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको नेता कोइरालाको ठहर छ । ओलीलाई संकेत गर्दै नेता कोइरालाले भने, तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।

प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै रहेको नेता कोइरालो सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

उनले लेखेका छन् , सन्दर्भः प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी:
१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?
२. तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।
३. पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर