इन्डियन आइडलबारे अहिलेसम्म बाहिर नआएको डरलाग्दो खुलासा गरिन् पूर्व जज सुनिधीले — OSNepal

इन्डियन आइडलबारे अहिलेसम्म बाहिर नआएको डरलाग्दो खुलासा गरिन् पूर्व जज सुनिधीले

LC (KTM) June 01, 2021 0

काठमाडौँ । बलीउडकी चर्चित गायिका सुनिधी चौहानले इन्डियन आइडलबारे डरलाग्दो खुलासा गरेकी छिन् । पाँचौ र छैटौ श्रृङ्खलामा निर्णायक रहीसकेकी भारतीय टेलिभिजनको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को भित्री रहस्य खोल्दै सुनिधिले इन्डियन आइडलमा झुटो तारिफ गर्न लगाइनेबारेको रहस्य खोलेकी छिन् ।

सुनिधिले शोका मेकर्सले चाहेको कुरा आफूले गर्न नसक्ने भएका कारण शो छाडेको रहस्य अहिलदे आएर खोल्दै भनिन् उनीहरुले जबरजस्ती लाद्ने कुराहरका कारण मैले जजमा आफ्नो उपस्थिती हटाएकी हुँ । शृजना नै नभएका प्रतिस्पर्धीलाई राम्रो र राम्रालाई राम्रो भन्न पाउनुपर्ने जजहरुको स्वबिबेकलाई इन्डियन आइडलका निर्माताले नबुझेका कारण आँफुले शो छाडेको उनले बताइन् ।

सुनिधीले यो शोले गायन क्षेत्रमा केही गर्न चाहनेहरुका लागि ठूलो मञ्च प्रदान गरेको भएता पनि झुटो प्रचार र तारिफले भने उनीहरुको करियरलाई गलत बाटोमा लैजाने पनि बताइन् । उनले भनिन् शोमा जती पनि विवादस्पद कुराहरु आउँछन्, त्यो दर्शकको ध्यान खिच्न मात्र हो । शोमा सहभागी प्रतिस्पर्धीहरुले निर्णायकबाट झुटो तारिफ पाउने गर्छन् यो कुरा मैले नमान्दा म शोबाट बाहिरिनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर