होटल तथा सिनेमा हलमा प्रवेश गर्दा अनिवार्य भ्याक्सिन कार्ड चाहिने — OSNepal

होटल तथा सिनेमा हलमा प्रवेश गर्दा अनिवार्य भ्याक्सिन कार्ड चाहिने

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क जस्ता प्रवेश गर्नलाई भ्याक्सिन कार्ड अनिवार्य गर्ने निणर्य गरेको छ ।

कोरोना संक्रमण भढ्दै गएपछि आजको बसेको सीसीएमसीसीको बैठकले यस्तो निणर्य गरेको हो । मोबाइलमा फोटो भए पनि भ्याक्सिन लगाएको कार्डको फोटो हुनुपर्ने बैठकले निणर्य गरेको छ ।

उक्त नियम माघ ३ गतेबाट लागु हुने समेत निणर्य भएको छ ।

यो पनि …
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने सीसीएमसीसीको निर्णय

काठमाडौं २५ पौष । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

साथै आज बसेको बैठकले २५ जना भन्दा बढी भेला हुने गरी मेला, तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाईगृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ समेत निणर्य गरेको छ ।

अत्यावश्यक कार्यक्रम गर्न पर्ने भए स्थानीय प्रशासनको अनुमति लिनुपर्ने पनि बैठकले निणर्य गरेको छ । साथै आजको सीसीएमसीको बैठकले माघ १५ गते सम्म देशभरका विद्यालय बन्द गर्ने निणर्य समेत गरेको छ ।

सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर