सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने सीसीएमसीसीको निर्णय — OSNepal

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने सीसीएमसीसीको निर्णय

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

साथै आज बसेको बैठकले २५ जना भन्दा बढी भेला हुने गरी मेला, तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ समेत निणर्य गरेको छ ।

अत्यावश्यक कार्यक्रम गर्न पर्ने भए स्थानीय प्रशासनको अनुमति लिनुपर्ने पनि बैठकले निणर्य गरेको छ ।

साथै आजको सीसीएमसीको बैठकले माघ १५ गते सम्म देशभरका विद्यालय बन्द गर्ने निणर्य समेत गरेको छ ।

सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर