वर्तमान सरकारले मेरो ज्वाई भन्न लगाएर आफ्नो भ्रष्टाचार छोप्न खोजिरहेको छ : ओली — OSNepal

वर्तमान सरकारले मेरो ज्वाई भन्न लगाएर आफ्नो भ्रष्टाचार छोप्न खोजिरहेको छ : ओली

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारदले आफ्नो भ्रष्टचार छोप्न नक्कली ज्वाँई बनाएको आरोप लगाएका छन् ।

राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेका ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले नारायणहिटी दरबारमा बतास समुह प्रकरणमा आफ्नो ज्वाई बनाई संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएको आरोप लगाएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

आफ्नो देशैभरी छोरी ज्वाई भएको बताएका उनले कार्यक्रममा भनेका छन्, ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्,छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर