कोरोना संक्रमण घटेसँगै काठमाडौँमा निषेधाज्ञा खुकुलो बनाइदै — OSNepal

कोरोना संक्रमण घटेसँगै काठमाडौँमा निषेधाज्ञा खुकुलो बनाइदै

LC (KTM) June 01, 2021 0

काठमाडौं । महामारी चर्किएसँगै काठमाडौं उपत्यकाका गत हत्पादेखि कडा पारिएको निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ ।जसको छलफलका लागि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण सहित उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

गत हप्तादेखि किराना पसल र डिर्पाटमेन्टल स्टोरहरु समेत बन्द गर्दै निषेधाज्ञा कडा पारिएकोमा अब भने त्यसलाई थप ब्यबस्थित गरिने समेत तयषरी गरिएको छ । कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएसँगै संक्रमण ह्वात्तै घटेको निष्कर्ष तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर