काठमाडौं २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर वाटर किङडम पार्कको उद्घाटन गर्न पुगेका छन् ।
पूर्वपश्चिम राजमार्ग,झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न अध्यक्ष ओली बग्गी चढेर उद्घाटन स्थल पुगेका हुन् ।
पार्क सञ्चालक राजकुमार संग्रौलाले ओलीलाई झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म पुर्याउन बग्गीको व्यवस्था गरेका हुन् ।
पार्क उद्घाटन गर्न ओलाीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकी वाटर किङडम पुर्याएको हो ।