अविरल वर्षासँगै आएको बाढीले पुल बगाउँदा सामग्री ढुवानी गर्ने सवारीसाधन आवतजावत बन्द — OSNepal

अविरल वर्षासँगै आएको बाढीले पुल बगाउँदा सामग्री ढुवानी गर्ने सवारीसाधन आवतजावत बन्द

LC (KTM) June 01, 2021 0

मनाङ, १८ जेठ – बाढीले बेँसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका–१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले उक्त सडकखण्डको पुल बगाउँदा अवरुद्ध बनेको सडक निर्माणसमेत हुन सकेको छैन । पुल बगाएपछि मनाङबाट लमजुङ जाने र लमजुङबाट मनाङ आउने अत्यावश्यक वस्तुका सामग्री ढुवानी गर्ने सवारीसाधनको समेत आवतजावत बन्द भएको छ ।

मनाङका मुख्य सडकसँगै अन्य सडकका अधिकांश खोलामा काठेपुल प्रयोग भएका छन् । मनाङवासीलाई सदैव काठेपुलको जोखिममा यात्रा गर्नुपर्ने हुन्छ । अझ वर्षा लागेसँगै जोखिम बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । यसवर्षको मनसुन खतरायुक्त भएमा अझ बढी जोखिम बढ्ने देखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर