चालु आर्थिक वर्षमा तोकिएको सात प्रतिशतको नतिजामा पुग्न चुनौती : गभर्नर अधिकारी — OSNepal

चालु आर्थिक वर्षमा तोकिएको सात प्रतिशतको नतिजामा पुग्न चुनौती : गभर्नर अधिकारी

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा तोकिएको सात प्रतिशतको नतिजामा पुग्न चुनौती भएकोबताएका छन् ।

आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । आन्तरिक र वाह्रा दुवै कराणले गर्दा लक्ष्यमा पुग्न चुनौती थपिएको उनले जनाएका छन् ।

सेवा क्षेत्रमा कोरोना माहामारीले पुर्याएको प्रभाव धान उत्पादनमा भएको क्षतिले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको अधिकारीले स्पष्ट पारेका हुन् ।

उनले मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६।५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न चुनौती थपिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर