ठाकुरको सत्ता मोहमा भट्टराई र अध्यक्ष यादव असहमत हुँदा दल फुटाउन सजिलो अध्यादेश ल्याउन ठाकुरको ओलीलाई आग्रह — OSNepal

ठाकुरको सत्ता मोहमा भट्टराई र अध्यक्ष यादव असहमत हुँदा दल फुटाउन सजिलो अध्यादेश ल्याउन ठाकुरको ओलीलाई आग्रह

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल फुटाउन सजिलो हुने अध्यादेश ल्याउन आग्रह गरेका छन् । सरकारमा जान लालायित भएका ठाकुरले कार्यकारिणी समितिमा अल्पमतमा रहेको र संसदीय दलमा पनि स्थिति फरक हुनसक्ने भएकाले ओलीलाई यस्तो आग्रह गरेको बुझिएको छ । हिजो सोमबार बालुवाटारमा भएको छलफलमा ठाकुरले यस विषयमा पनि ओलीसँग सल्लाह गरेको बुझिएको हो ।

ठाकुरले राष्ट्रिय जनता पार्टी राजपा ब्युँताउन ओलीलाई दल फुटाउन सजिलो अध्यादेश ल्याउन आग्रह गरेका हुन् । पछिल्लो समय फुटेको संघारमा पुगेको जसपा अब एक हुन असम्भव जस्तै भएको छ । एउटै पार्टी दुई गुटमा लागेपछि जसपा यो संकट आएको हो । यता बाबुराम भट्टराईले नयाँ निमार्णको लागि पुरानोलाई साथ छोड्नै पर्छ भन्दै आ आफ्नो बाटो लागौँ भनिसेको यो अवस्थामा अब एक हुने कुनै विषय नै छैन ।

ठाकुरले देखाएको सत्ता मोहमा भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव असहमत हुँदा जसपा फुटेको संघारमा पुगेको हो । हिजो भएको छलफल ओली ८ मन्त्रालय र २ राज्यमन्त्री ठाकुर समुहलाई दिने सहमत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर