मुम्बई । दक्षिण भारतीय अभिनेता अजीत कुमार अभिनीत चलचित्र ‘वलिमई’ को प्रदर्शन मिति रोकिएको छ । जनवरी १३ मा सिनेमा हलमा प्रदर्शन हुने मिति तय भए पनि पछिल्लो समय कोरोना कहर बढ्दै गएपछि तत्कालका लागि रोकिएको निर्माण पक्षले जनाएको छ ।
भारतमा कोरोना महामारीको पारो बढिरहेकाले र प्रान्तीय सरकारले सिनेमा घरमा लगाएका विभिन्न नियमका कारण चलचित्र प्रदर्शन रोकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्रको निर्माण पक्षले कोरोनाले ‘वलिमई’ को प्रदर्शन तत्काललाई रोकेको हो । हाल भारत सरकारले आन्ध्र प्रदेश, तमिलनाडु र महाराष्ट्रमा ५० प्रतिशत दर्शकमात्रै हलमा राख्ने पाउने नियम बनाएको छ ।
यस्तै, महाराष्ट्रमा रातको ८ बजेपछि सिनेमा हल बन्द गर्नुपर्ने नियम लागु गरिएको छ । साथै कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेकाले चलचित्रको निर्माण पक्षले तत्काललाई प्रदर्शन रोकेको हो । एच बिनोथको निर्देशनमा बनेको ‘वलिमई’ सौर्य दैनिकमा खबर छ । अभिनेता अजीत कुमारको बहुप्रतिक्षित चलचित्र हो । चलचित्रलाई ‘जि स्टुडियो’ र ‘बोनी कपुर’ ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।