ए डिभिजन लिगमा मछिन्द्रको भाग्यशाली जित , फ्रेन्ड्सले आत्मघाती गोल उपहार दियो — OSNepal

ए डिभिजन लिगमा मछिन्द्रको भाग्यशाली जित , फ्रेन्ड्सले आत्मघाती गोल उपहार दियो

LC (KTM) January 08, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको खेलमा मछिन्द्र फुटबल क्लबलाई भाग्यले साथ दिएको छ । उपहार स्वरुप पाएको आत्मघाती गोल संगै फ्रेन्ड्स क्लबविरुद्ध भाग्यशाली जित निकालेको हो । आज भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स विरुद्ध एक शुन्य गोलको भाग्यशाली जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्र आत्मघाती गोल उपहारबाट विजयी बन्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएता पनि दोस्रो हाफमा फ्रेन्ड्सले आत्मघाती गोल गरेको थियो । खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए ।

आजको यो जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ । भाग्यले साथ नदिएको फ्रेन्ड्सको भने ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टोली हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर