निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर प्रहरीले चेक जाच गर्दा — OSNepal

निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर प्रहरीले चेक जाच गर्दा

LC (KTM) June 01, 2021 0

कैलाली- कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ:- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो । “बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

कोभिड–१९ ले प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायीलाई आगामी आवमा तिनुपर्ने नवीकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय बजेटका सकारात्मक पक्ष भएको महासङ्घले जनाएको छ । कोभिडबाट बढी प्रभावित २९ लाख लघु, घरेलु एवं साना व्यवसायीको नवीकरण शुल्क मिनाहादेखि आयकरमा समेत छुट दिनु राम्रो पक्ष भएको बताइएको छ ।महासङ्घले आगामी आवका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि बजेटमा भएका व्यवस्थालाई थप सहजीकरण गरी कोभिड–१९ ले सबै प्रकारका उद्योग व्यवसायलाई सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर