भट्टराईको प्रश्न :राज्यको प्रमुख दायित्व भएको काम सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउँदा खै 'लज्जाशरणम' भएको ? — OSNepal

भट्टराईको प्रश्न :राज्यको प्रमुख दायित्व भएको काम सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउँदा खै ‘लज्जाशरणम’ भएको ?

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । पुर्व प्रधानमन्त्ती तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त हुने अनि सेरेमोनियल राष्ट्रपतिलाई भने कोरोनाको खोप भीख माग्न माग्न लगाएको भन्दै सरकार प्रति आक्रोश पोखेका छन् ।

नेता भट्टाराईले ट्वीटर मार्फत कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको काम राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको भन्दै खै लज्जाशरणम भनी पश्न गरेका हुन् । भट्टराईले सरकारलाई प्रश्न गर्दै भनेका छन्, हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तोरु

भट्टराईले टवीटरमा लेखेका छन,’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने खै लज्जाशरणम ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर