संकटा र सात दोबाटोले बराबरी खेले — OSNepal

संकटा र सात दोबाटोले बराबरी खेले

LC (KTM) January 07, 2022 0

ए डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । दुबै टिमको बराबरी संगै अंक बाँडेका छन् । आज भएको खेलमा संकटा र सातदोबाटोले एक एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोका तर्फ बाट सुशील राईले खेलको २३ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर यो अग्रता लामो समय सम्म टिक्न सकेन । खेलको ३२ औं मिनेटमा संकटाका लागि जया गुरुङले गोल गर्दै संकटालाई हार बाट जोगाएका थिए । यो बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ ।संकटा लिगको तेस्रो स्थानमा रहेको छ । सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर