नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टको नाम 'डेल्टा' र 'कप्पा' — OSNepal

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’ र ‘कप्पा’

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरस आएको भन्दै सबैमा भ्रम परेपछि यसको अन्त्य गर्न विश्व स्वास्थ्य संगठनले ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

भारतमा देखिएको नयाँ भाइरसलाई नयाँ भेरियन्ट भनेको प्रति भारतले आपत्ती जनाउँदै भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन पनि सामाजिक सन्जाल कम्पनीलाई निर्देशन दिएको छ । विभिन्न देशमा पछिल्लो समय देखा परेको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले अलग अलग नाम दिइएको छ ।

जस्तो बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’,ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ भनिएको छ । छिमेकी मुलुक भारतमा भेटिएको भेरियन्ट(B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट(B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

भारतमै फेला परेको यो दुवै भाइरस नेपालमा पनि देखा परेकोले नेपालमा पनि यसलाई यही भारतकै नाम बाट भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर