माधव नेपालको व्यंग्य ओलीमाथि भन्छन्, राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरे — OSNepal

माधव नेपालको व्यंग्य ओलीमाथि भन्छन्, राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरे

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा एकिकृत सामाजवादी पार्टीा अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभा सदस्यको चुनाव अगाडी नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्विकार गरेको बताएका छन् ।

काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीमाथि यस्तो टिप्पणी गरेका हुन् ।

एमालेभित्र कुनै नीति पद्धति नरहेको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हाबी भएको जिकिर गरेका नेपालले एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने दावी समेत गरेका छन् ।

एमालेमा पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेकाले ओलीबाट एमाले पार्टी नबन्ने र नचल्ने नेपालको दावी रहेको छ । शुक्रबार अध्यक्ष ओलीले जिल्ला अधिवेशनलाई सम्बोधन गदैं राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ भनेका थिए ।

सोही विषयलाई नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको बताएका हुन् । साथै नेपालले ओली सरकारमा रहँदा
नारायणहिटीमा व्यापारीलाई रेस्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर