प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई मनाउन बालकोट जाँदै, के मान्लान् त ओली ? — OSNepal

प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई मनाउन बालकोट जाँदै, के मान्लान् त ओली ?

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् ।

संसद अवरोध हटाउने विषयमा छलफल गर्न बालकोट जान लागेका देउवाले ओलीलाई मनाउन सक्छन् या सक्दैन यो भने थाहा पाउन केहि समय लाग्ने भएको छ ।

देउवाले पटक पटक आफ्ना विश्वास पात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाइसकेका छन् । तर त्यसको नतिजा सकारात्मक आउने सकेको छैन । यसै हप्ता वरिष्ठ नेता रामचन्द्र पौडेल समेत बालकोट पुगेका थिए ।

तर, अध्यक्ष ओली माधव नेपालसहित १४ सांसदको पद रिक्त गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस्नुपर्ने अडानका साथ संसद अवरोध कायमै राख्ने जिरि गर्दै आएका छन् ।

संसद अवरोधले एमसीसीले गति लिन पाएको छेन भने संसदले बिजनेश नपाउँदा अर्को संकट आउने अवस्था बनेको छ ।

निकट स्रोतका अनुसार आज या भोली देउवा बालकोट जाने भएका छन् । यही पौष २८ गते प्रतिनिधिसभाको बैठक बसने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर