एमलोलाई जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने ओलीको दावी — OSNepal

एमलोलाई जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने ओलीको दावी

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने दावी गरेका छन् ।

शुक्रबार आज देशभरका ६३ जिल्लाको अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

अहिले पनि नेपाली जनतालाई एमालेबाट अपेक्षा गरेको बताएका ओलीले आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको जिकिर गरेका छन् ।

‘संसदले एकैचोटी विश्वासको मत लिने बेलामा मात्र सरकार परिवर्तन भएको थाहा पायो ।’, जबकि, प्रधानमन्त्री हटाइएको, एकैचोटी विश्वासको मत लिने ड्रामा भयो त्यो असंवैधानिक क्रियाकलापबाट गरिएको एउटा ड्रामा थियो ‘ओलीले भने ।

जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रबाट सरकारमा सामेल भएकाले वर्तमान सरकार सत्तामा बस्नु उपयुक्त नभएको समेत उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर