एमालेमाथि प्रहार गर्न सक्ने गठवन्धनको राष्ट्रिय सभा निवार्चन अन्तिम किस्ता हो : अध्यक्ष ओली — OSNepal

एमालेमाथि प्रहार गर्न सक्ने गठवन्धनको राष्ट्रिय सभा निवार्चन अन्तिम किस्ता हो : अध्यक्ष ओली

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निवार्चन एमालेमाथि गर्न सक्ने अन्तिम किस्ता रहेको बताएका छन् ।

शुक्रबार देशभरका ६३ जिल्लामा सुरु भएको जिल्ला अधिवेशशनलाई सद्घाटन गर्ने क्रममा ओलीले राष्ट्रिय सभाको परिणाम प्रतिकुल आउन सक्ने भन्दै यस्तो बताएका हुन् ।

चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको आरोप लगाएका ओलीले भने, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौं ।’

सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी नभएको बताएका ओलीले आजको जनादेश यो नभएको पनि दावी गरेका छन् । अहिले पनि एक्लै भएपनि मजबुत भएको दावी गरेका ओलीले एमालेलाई गठवन्धन नचाहिएको पनि जिकिर गरेका छन् ।

रिक्त १९ सिटको लागि माघ १२ गते राष्ट्रिय सभाको निवार्चन हुने भएको छ । जसको लागि गठवन्धन दलहरु सबैसिट ल्याउनको लागि लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर