नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत चिनियाँ खोप आज नेपाल ल्याइँदै — OSNepal

नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत चिनियाँ खोप आज नेपाल ल्याइँदै

LC (KTM) June 01, 2021 0

काठमाडौं-चिनियाँ खोप आज नेपाल ल्याइँदै छ । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं फर्कदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज लिएरएयरलाइन्सको चार्टर विमान आज काठमाडौं आइपुग्ने छ ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर