काठमाडौं २३ पौष । नेपालमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट २४ जनामा पुष्टि भएको छ ।
पौष महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
एस जिन नेगेटिभ गरिएका २५० जना मध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा। संगीता मिश्राले जनाएकी छन् ।
अहिले सिना नाकामा कोरोना परिक्षण थप सशक्त बनाइएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति;