प्रतिनिधिसभाको बैठक सरेसँगै २५ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पनि सर्यो — OSNepal

प्रतिनिधिसभाको बैठक सरेसँगै २५ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पनि सर्यो

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । पौष २५ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक दुई दिन पछि सरेको छ । ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अब पौष २७ गते दिउँसो १ बजे बस्ने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलेआज एक सुचना जारी गर्दै विशेष कारणले बैठक सरेको जानकारी गराएका हुन् ।

यसैगरी. अघि पौष २२ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि पौष २८ गतेलाई सारिएको थियो ।

पौष २५ गते राष्ट्रिय सभा सदस्यको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निवार्चन आयोगले जनाएको छ । माघ १२ गते १९ सिट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि निवार्चन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर